आन्तरिक राजश्व विभागका प्रमुखमा आचार्य

  फागुन ०७, २०७७

काठमाडौं, फागुन ७ : आन्तरिक राजश्व विभागका महानिर्देशकमा झक्कप्रसाद आचार्य नियुक्त हुनुभएको छ । अर्थ मन्त्रालयअन्तर्गतको वित्त क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख रहनुभएका सहसचिव आचार्यलाई विभाग प्रमुखको जिम्मेवारी दिइएको हो ।

आचार्यले राजश्व विभागको महानिर्देशकका रूपमा नियुक्ति पाएको जानकारी दिनुभयो । गत माघ १ गते तत्कालीन महानिर्देशक विनोद कुँवरको गण्डकी प्रदेशमा सरुवा भएपछि सो पद रिक्त रहेको थियो । एक महिनादेखि खाली रहेको उक्त स्थानमा आचार्यलाई जिम्मेवारी दिइएको हो ।

तपाईको प्रतिक्रिया