रङ्गभे विरुद्धको अभियानमा अफ्रिकी क्रिकेट खेलाडीको प्रतिबद्धता

  पुष १२, २०७७

काठमाडौं, पुस १२ : दक्षिण अफ्रिकी क्रिकेट टोलीका सदस्यहरुले रङ्गभेदविरुद्धको अभियानमा आफ्नो प्रतिबद्धतालाई दोहोरयाएको छ । प्रोटिजले इंग्ल्याण्डविरुद्धको घरेलु अन्तर्राष्ट्रिय एकदिवसीयमा घुँडा नटेक्ने विकल्प रोजेका थिए ।

अफ्रिकी खेलाडीले सेन्चुरियनस्थित बीच रङ्गशालामा पंक्तिबद्ध भई मुठी बाँधेर अभियानमा आफ्नो प्रतिबद्धता दोहोरयाएका हुन् । अफ्रिकी खेलाडीले घरेलु मैदानमा श्रीलङ्का विरुद्धको पहिलो टेष्ट सुरु हुनु अघि उक्त प्रदर्शन गरेका हुन् । सन् १९९० मा जेलबाट मुक्त भएपछि दक्षिण अफ्रिकाका पूर्ब राष्ट्रपति नेल्सन मण्डेलाले मुठी बाँधेर एकताको सन्देश दिनुभएको थियो ।

अफ्रिकी टोलीले जारी गरेको वक्तब्यमा भनिएको छ, “उठाइएका मुठीकाे ऐतिहासिक तर शक्तिशाली अभिब्यक्ति छ ।” उक्त अभिब्यक्ति समानता, न्याय र स्वतन्त्रताको प्रतीक रहेको वक्तब्यमा उल्लेख गरिएको छ । अफ्रिका सन् १९७० देखि १९९० सम्म अन्तर्राष्ट्रिय क्रिकेटबाट बहिर्गमनमा परेको थियो ।

अफ्रिकी टोलीको आदिबासी र अल्पसंख्या आरक्षणसम्बन्धी ब्यवस्थामा भनिएको छ, “टोलीमा दुईजना अश्वेत अफ्रिकी र चारजना मिश्रित तथा इन्डियन समुदायबाट प्रतिनिधित्व रहनेछ ।”
सन् २०१६ मा अमेरिकी फुटबल स्टार कोलिन कैपर्निक रङ्गभेदविरुद्ध आवाज उठाउँदै अमेरिकी राष्ट्रिय गानको क्रममा घुँडा टेक्नुभएको थियो ।

उहाँको उक्त कदम रङ्गभेदविरुद्धको प्रतीकको रुपमा मानिन्छ । अमेरिकामा यसै वर्ष प्रहरी नियन्त्रणमा अश्वेत नागरिक जर्ज फ्लोयडको निधन भएपछि ‘ब्ल्याक लाइभ्स मैटर्स’ अभियान सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया