‘तालदेखि तालसम्म साइकल ट्रयाक’ बनाउँदै पोखरा महानगर

  कार्तिक १४, २०७७

पोखरा, कात्तिक १४ : पोखरा लेकसाइडका धर्म बहादुर लामिछाने साइकल चढ्न थालेको ४० वर्ष भयो आफू १२ वर्षको हुँदादेखि साइकल चलाउन मन पराउने लामिछानेको साइक्लिङ मोह उमेरसगै बढदै गैरहेको छ । उहाँ हरेकदिन साइक्लिङका गर्नुहुन्छ । साइकल यात्रामा उहाँ सँगै थुप्रै पोख्र्ली युवाको टिम छ ।

शनिबार १२ घण्टा र अन्य बार ३ घण्टा दैनिकी जस्तै बनेको छ । पोखराको मुख्य सहरी भागमा भन्दा डाँडाकाँडामा साइक्लिङ गर्न मन पराउने उहाँ बेगनासताल रुपाताल, भदौरे तमादि, पञ्चासे काडे, कालिका स्थान धेरै पटक पुगीसकेको बताउनुहुन्छ । पोखरा आसपासका सबै ठाँउहरु साइकल यात्रा गरिसक्नु भएका लामिछाने यहि कात्तिक १९ गते १८ जनाको समूहसहित मनाङ तिलिचोतालको यात्रामा निस्किने जानकारी दिनुभयो ।

“मेरो संयोजकत्वमा १८ जनको टिम तिलिचोताल जादैछौ, आन्तरिक पर्यटन प्रवद्र्धनका लागी पोखरा ‘माउन्टेन बाइक एडभेन्चर ,को आयोजनामा “कोभिड १९ च्यालेन्ज २०२० साइकल टुर ”जान लागेको हौ,’ उहाँले भन्नुभयो ।

“आन्तरिक पर्यटनका लागी साइकल यात्रा पनि गर्न सकिन्छ र यसले पनि डाँडाकाडाँमा व्यसाय गर्नेलाइ पनि सहयोग पुग्छ भन्ने सन्देश दिन खोजिएको हो,। लामिछानेले थपनु भयो । पोखरा लेकसाइडका स्थानियवासी लामिछाने उमेरले ५० कटिसकेको भए पनि ४० भन्दा कम उमेरको देखिनुहुन्छ ।

५ वर्षदेखि साइक्लिङ गर्दै आउनु भएकि पोखरा ७ की दुर्गा अधिकारी साइकलिङ आफ्नो स्वाथ्यका लागी वरदान भएको बताउनुहुन्छ । “फिजीकल एक्सरसाइज, सुगर प्रेशर लाग्नबाट बचाउछ, छिटो रोगले आक्रमण गर्न सक्दैन् ।” पेशाले संचारकर्मि रहनु भएकी अधिकारी टिम सँगै साइकल यात्रामा तिलिचोताल पुग्ने आँट गरेको बताउनु हुन्छ ।

“पोखरामा पोखरेली मात्र नभएर विदेशी पर्यटक पनि साइक्लिङमा रमाएको भेटिन्छन् । फेवातालका किनार हुँदै पामे, खपौँदी, र डाडाकाडाँमा पनि पर्यटक भेटिने गर्छन् । पोखरामा साइक्लिङ कल्चर बढिरहेको अधिकारी बताउनुहुन्छ ।

‘तालदेखि तालसम्म साइकल ट्र्याक’ बनाउँदै महानगर
पोखरा महानगरका मेयर मानबहादुर जिसीले गत वर्ष पोखरामा साइकल लेन बनाइने घोषणा गर्नु भएको थियो । सोही घोषणा अनुसार महानगरले पोखराका ९ ताललाई जोड्ने गरी ‘तालदेखि तालसम्म साइकल ट्र्याक’ बनाउन कार्यको उद्घाटन भैसकेको पोखरा महानगर शहरी योजना आयोगका सरोज कोइरालाले सदस्य जानकारी दिनुभयो ।

उहाँले फेवा, कमलपोखरी, गुँदे, न्युरोनी, खास्टे, दिपाङ, मैदी, बेगनास र रुपाताल गरी पोखराका ९ ताललाई जोड्ने गरी साइकल लेन ट्र्याक बन्न लागेको बताउनु भयो । पोखरामा बन्ने उक्त ट्र्याक घुम्न ३ दिन लाग्ने हुँदा पर्यटकको बसाइ लम्ब्याउन पनि यसको उदेश्य रहेको जानकारी दिनुभयो ।

“लागत अहिलेनै यति लाग्छ भन्न सकिने अवस्था छैन्, इन्जिनियर,साइक्लिङ गर्नेहरुको अनुभव लिदै छौ, कहाँनेर कस्तो पोइन्ट राख्ने, ट्वाइलेट, पाटि पौवा, कहाँ बनाउने भन्ने उपयुक्त ठाँउ अनुभवीसंग छलफलमा लागेका छौ, ताल देखि ताल सम्म १सय किमीको यात्रा हुनेछ ।, पोखरालाइ साइकल सिटीको रुपमा चिनाउने र पोखराका अन्य डाँडाँकाडाँ ताललाइ चिनाउने पनि साइकल टर्याकको उदेश्य रहेको उहाँको भनाइ छ ।

कोभिडमा बढ्यो साइकल व्यापार
कोभिड महामारीमा अन्य समयमा भन्दा ५ गुणा व्यापार बढेको पोखरा चालिसे साइकल एन्ड सन्सका सञ्चालक अशोक चालिसे बताउनुहुन्छ । लकडाउनको समयमा मात्र पोखरामा सात हजार साइकल बिक्री भएको जानकारी दिनुभयो ।

“अन्य समयमा बच्चाहरुको साइकल बढि जान्थियो, कोभिडका कारण एक्सरसाइज हुने , लकडाउनमा फुर्सद पनि भएकोले साइकल बिक्री बढयो । ५० वर्ष देखि पोखरामा साइकल व्यवसाय गर्दै आउनु भएका चालिसेले विगत सम्झदै पहिलो पञ्चायतको समयमा , दोस्रो नाकाबन्दिको समयमा र तेस्रो अहिले बढि व्यापार बढेको बताउनुहुन्छ ।

“पोखरामा साइकल लोकप्रिय बन्दै गएको छ र साइकल टुरिजमको अवसर पनि पोखरा घुम्ने आउनेले पनि एक पटक साइकल लिएर पामेसम्म पुगेकै हुन्छ,’ चालिसेले भन्नुभयो । उहाँले ५ हजार देखि ५ लाख सम्मका साइकल बिक्री भैरहेको बताउनुभयो । माउन्टेन बाइक मोडल डाँडामा पनि जाने भएकोले त्यसको माग बढेको बताउँदै पोखराका १५ पसलले मात्र साइकल बेच्ने गरेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया