कोरोना महामारीबीच बाह्य पर्यटन खुल्यो बढ्न थाल्यो चासो

  कार्तिक ०२, २०७७

काठमाडौँ, कत्तिक २ : लामो समयपछि बाह्य पर्यटकका लागि नेपाल खुला भएकै दिन एउटा हाइप्रोफाइल टोली हिमाल आरोहण गरी काठमाडौं फर्केको छ । बहराइनका राजकुमार मोहमेद हमाद मोहमेद अल खालिफाले नेतृत्व गर्नुभएको १८ सदस्यीय टोलीले सोलुखुम्बुस्थित छ हजार ११९ मिटर अग्लो लोबुच्चे र गोरखाको मनास्लु (आठ हजार १६३ मि.)को सफल आरोहण गरेर काठमाडौँ आइपुगेको हो ।

कोेरोनाको प्रतिकूल अवस्थामा पनि पर्वतारोहणमा टोलीका कुनै पनि सदस्यलाई कुनै समस्या नभई सहज तरिकाले पर्वतारोहण सम्पन्न भएको टोलीको पर्वतारोहण नेतृत्व गर्नुभएको तासी शेर्पाले बताउनुभयो । उहाँले यसले नेपालमा आगामी सिजनमा पर्वतारोहण गर्न सकिने सन्देश पनि दिएको बताउनुभयो ।

चासो बढ्यो
सरकारले शनिबारदेखि विदेशीका लागि नेपाल भ्रमण खुला गर्ने घोषणा यसअघि नै गरिसकेको छ । सोहीअनुसार विशेष गरी आगामी सिजनमा पर्वतारोहण गर्न चाहनेले सोधपुछ गर्न थालेका छन् । सेभन समिटका तासी लाक्पा शेर्पाका अनुसार करिब दुई सय पर्वतारोहीले पर्वतारोहणको चासो देखाएर प्रक्रिया अगाडि बढाएका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसनका अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार विदेशीका लागि आजदेखि नेपाल आउन खुला भए पनि अत्यन्तै थोरै सङ्ख्यामा मात्र आउन चाहने देखिएका छन् । कोभिड–१९ का कारण सरकारले तय गरेको प्रोटोकल अत्यन्तै झन्झटिलो भएकाले पनि पर्यटक निरुत्साहित भएको उहाँको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका अनुसार पदयात्राका लागि नेपाल आउने विदेशीका लागि भिसा सिफारिस गर्दा विभिन्न नौ बुँदे सर्त पूरा गर्नुपर्ने छ । यसमा पदयात्रीको पासपोर्ट प्रतिलिपि, नेपाल आगमन हुने मिति, पदयात्राको तालिका, नेपालमा सात दिनका लागि होटल बुकिङ गरेको कागजात, पदयात्रीको कम्तीमा पाँच हजार डलर बराबरको कोरोना बीमा गरेको कागजात, पर्यटकका लागि टिम्स कार्ड र नम्बर सेवामा संलग्न हुने नेपाली सहयोगीको नामावली, पथप्रदर्शक, भरिया वा भान्से र अन्य सहायकको कम्तीमा एक लाख रुपियाँ बराबरको कोरोना बीमालगायतको प्रोटोकल तय गरिएको छ ।

व्यवसायीले भने केही आपत्ति जनाउँदै संशोधन गर्नुपर्ने सुझाव सरकारलाई दिँदै आएका छन् । अध्यक्ष सुवेदी ७२ घण्टाअघिको पीसीआरको नेगेटिभ रिपोर्ट लिएर आएपछि फेरि सात दिनका क्वारेन्टाइन व्यावहारिक नभएको बताउनुहुन्छ । पर्यटक सात÷दस दिनको बिदा मनाउन नेपाल आउँदा क्वा्ेन्टाइनमा नै समय बिताउ भन्नु उचित हुँदैन ।

जलविद्युत्मा स्रोत जुटाउनै कठिन
विसं १९६८ मा काठमाडौँ उपत्यकामा निर्मित पाँच सय किलोवाट क्षमताको फर्पिङ लघु जलविद्युत् परियोजनाको जलाशय । नेपालको पहिलो र एसियाकै दोस्रो जलविद्युत् परियोजनाका रुपमा रहेको मानिएको यस परियोजना तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा गेहेन्द्र शमशेरले बेलायती सहयोगमा सात लाख १३ हजार रुपियाँको लागतमा निर्माण गर्न लगाएका हुन् ।

केन्द्रबाट उत्पादित बिजुलीलाई श्री चन्द्रज्योति प्रकाश भन्ने गरिन्थ्यो । फर्पिङ जलविद्युत् गृहको उद्घाटन राजा पृथ्वी वीरविक्रमबाट विसं १९६८ जेठ ९ गते भएको थियो । केन्द्रबाट उत्पादित विद्युत्लाई ११ के.भी. वितरण प्रणालीद्वारा काठमाडौँ उपत्यकामा आपूर्ति गरिएको थियो । केन्द्रबाट उत्पादित विद्युत् वितरण व्यवस्थाका लागि बिजुली अड्डा स्थापना गरिएको थियो, त्यसैको निरन्तरता नेपाल विद्युत् प्राधिकरण हो ।

तपाईको प्रतिक्रिया