विश्व बैंक र आइएमएफलाई राष्ट्रसंघका महासचिव गुटरेसको आग्रह

  असोज ०९, २०७७

न्युयोर्क, असोज ९ : संयुक्त राष्ट्रंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष, आइएमएफलाई कोरोना भाइरसले प्रभावित भएका देशहरुलाई आर्थिक र अन्य सहयोग गर्न आग्रह गर्नुभएको छ ।

उहाँले कोरोना भाइरसका कारण समस्यामा परेका विश्वका विभिन्न देशहरुलाई सुविधा र सहयोग उपलब्ध गराउन ती संस्थालाई आग्रह गर्नुभएको हो ।सुरक्षा परिषदको बिहीबारको बैठकलाई सम्बोधन गर्दै महासचिव गुटर्रेसले सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ ।

हामी चाहन्छौँ कि विश्व बैंक र मुद्रा कोषजस्ता संस्थाहरुले कोरोना भाइरसको प्रकोपमा परेका देशहरुलाई आवश्यक सहयोग होस् र ती संस्थाहरुले उपलब्ध गराउने सेवा र सुविधाहरुमा संयुक्त राष्ट्रघका सदस्य राष्ट्रहरुको पनि पहुँच होस्–उहाँले भन्नुभएको थियो ।

कोरोना भाइरसको महामारीले विश्वका देशहरुमा आर्थिक समस्या पारेको तथा यसका कारणले विश्वका देशहरु विभिन्न आर्थिक जोखिमको अवस्थामा रहेका भन्दै यस्ता देशलाई सहयोग गर्न महासचिव गुटर्रेसले आग्रह गर्नुभएको हो ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष, आइएमएफले विश्वमा कोरोना भाइरसको प्रकोपका कारण ठूलो आर्थिक मन्दी आउने र ठूला आर्थिक देशहरुमा पनि यसको समस्या देखा पर्ने बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया