सुनचाँदीको मूल्य घट्ने क्रम जारी

  असोज ०७, २०७७

काठमाडौैं, असोज ७ : बुधबार सुनको मूल्य प्रतितोला एक हजार २०० रुपियाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपियाँमा कारोबार भैरहेको छ । मंगलबार सुन प्रतितोला ९५ हजार ५०० रुपियाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासघका अनुसार बुधबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर एक हजार १९० रुपियाँमा पुगेको छ । मंगलबार एक हजार २३० रुपियाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया