असोज १ देखि होटल व्यवसाय सञ्चालन

  भदौ ३०, २०७७

काठमाडौं, भदौ ३० : सरकारले स्वास्थ्यका मापदण्ड पूरा गरी यही असोज १ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता ज्ञवालीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेको स्वास्थ्यका मापदण्ड पूरा गरी होटल, रेण्टुरेन्ट, पदयात्रा र ट्राभल व्यवसाय सञ्चालन गर्न सकिने बताउनुभयो । उनीहरुले स्वास्थ्य तथा सुरक्षाको पालना गरे-नगरेको अनुगमन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने छ ।

यस्तै नेपालमा सञ्चालित विभिन्न विकास आयोजनामा प्राविधिक जनशक्ति विदेशबाट ल्याउनका लागि अनुमति खुला गरिएको छ । त्यसका लागि त्यस्ता जनशक्तिले ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य गरिएको छ ।

यस्तै विद्यालयमा विद्यार्थी उपस्थित गराएर कक्षा सञ्चालन गर्न नसकिने अवस्थामा दूर र वैकल्पिक शिक्षाका माध्यमबाट शिक्षण र सिकाइलाई निरन्तरता दिने निर्णयसमेत गरिएको छ ।

तपाईको प्रतिक्रिया