बिहीबार बढ्यो सुनको भाउ

  भदौ २५, २०७७

काठमाडौँ, भदौ २५ :केही दिनदेखि ओरालो लागेको सुनको भाउ बिहीबार पनि बढेको छ ।  लगातार ओरालो लागिरहेको सुनको भाउ बुधबारबाट बढ्न थालेको थियो । बुधबार बढेको सुनको भाउले बिहीबारसमेत निरन्तरता पाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको भाउ तोलामा ४०० रुपियाँले बढेको हो । बिहीबार छापावाला सुन ९६ हजार ८०० रुपियाँ र तेजाबी सुन ९६ हजार ३०० रुपियाँ कारोबार भैरहेको छ ।

बुधबार सुनको भाउ तोलामा ६०० रुपियाँले बढेको थियो । बुधबार छापावाला सुन प्रतितोला ९६ हजार ४०० रुपियाँ र तेजाबी सुन ९५ हजार ९०० रुपियाँमा कारोबार भइरहेको थियो । बिहीबार चाँदीको भाउ १० रुपियाँले बढेर तोलाको एक हजार ३२५ रुपियाँ कायम भएको थियो ।

तपाईको प्रतिक्रिया