तीन सयले घट्यो सुनको भाउ

  भदौ २१, २०७७

काठमाडौं, भदौ २१ : सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको तोलाको ९६ हजार १ सय रुपियाँमा कारोबार भएको हो । आईतबारनै तेजावी सुनको मूल्य तोलाको ९५ हजार ६ सय रुपियाँ निर्धारण भएको छ ।

चाँदी प्रतितोला १३ सय २० रुपैयाँ पुगेको छ । शुक्रबार छापावाल सुन प्रति तोलाको ९६ हजार ४ सय रुपियाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ९ सय रुपियाँ कायम भएको थियो ।

तपाईको प्रतिक्रिया