कोभिड–१९ विरुद्ध अन्तर्राष्ट्रिय सहयोगको आग्रह

  भदौ १९, २०७७

काठमाडौँ, भदौ १९ : कोभिड–१९ महामारीको चाप बढ्दै गरेको अवस्थामा महामारीसँग जुध्न सरकारले दातृ निकाय तथा स्थानीय विकास साझेदारहरूसँग छलफल गरेको छ ।

अर्थ मन्त्रालयका सहसचिव तथा अन्तर्राष्ट्रिय सहायता समन्वय महासाखाका प्रमुख श्रीकृष्ण नेपालले विभिन्न देशका राजदूत, दातृ निकायका नेपाल प्रमुख लगायत ५० जनासँग भर्चुअल बैठक गरेर कोभिड–१९ विरुद्ध नेपाल सरकारले चालेका कदमहरूमा अझै साथ दिन आग्रह गर्नुभएको छ ।

अर्थ मन्त्रालयका अनुसार कोरोना महामारीसँग जुध्न वित्तीय अभाव तथा रणनीतिका विषयमा छलफल गर्न आयोजना गरिएको संवादमा नेपालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको योजना तथा रणनीति अनुरूप कोभिडविरुद्ध लड्न अझै लक्षित तथा प्रत्यक्ष सहायता उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।

उहाँले यस्तो सहायता आर्थिक, मानव संसाधन पूर्वाधार तथा सामग्री हुन सक्ने औँल्याउनुभयो । कोरोना महामारी नेपालको मात्र चासोको विषय नभएर विश्वव्यापी चासोको भएकाले यससँग संयुक्त रूपमै जुध्नुपर्ने उहाँको भनाइ थियो । बैठकमा अर्थमन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्पmबाट आर्थिक तथा स्वास्थ्य अवस्थाबारे जानकारी गराइएको थियो ।

बैठकमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो, दक्षिण कोरियाका राजदूत पार्क चङ सुक, नेपालका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फारिस हदाद जार्भोस, एसियाली विकास बैङ्कका राष्ट्रिय निर्देशक मुख्तर कामुदखानोभ लगायतले अमेरिकी सहयोग नियोग, बेलायती सहयोग नियोग, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका प्रतिनिधि लगायतको सहभागिता थियो ।

उहाँहरूले कोरोना महामारीमा आफ्नातर्पmबाट भइरहेको सहयोगका अतिरिक्त भविष्यमा गर्ने सहायता रणनीतिबारे जानकारी गराउनुभएको अर्थमन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया