पोखरा, भदौ १४ : फेवातालमा विगत १२ वर्षदेखि डुङगा चलाएर आफनो जिवीकोपार्जन गर्दै आएकी लक्ष्मी नेपालीले डुङगा चलाउन नपाएको करिव ६ महिना पुग्यो । कोरोनाका कारण आफनो व्यवसायनै ठप्प भएपछि घर भाडा तिर्ने पैसा नहुदा हाल उहाँ समस्यामा पर्नुभएको छ ।
‘अब त भाडा तिर्नु पर्यो नि,बन्द कहिलेसम्म हो, कति पर्खनु, घरबेटिले भनेको सुनाउदै नेपाली भन्नुहुन्छ , कमाइ नभएको कति भैसक्यो भाडा कसरी तिर्नु, एक हप्ताको म्याद दिएर भरबेटिले भाडा मागेका छन्,। नेपालीले भन्नु भयो । “हरेक दिन फेवताल आउदै डुङगा हेर्दै फर्कर्ने गरेको सुनाउदै के गर्नु घरमा बस्न मन लाग्दैन्, केहि दिन ज्यामीकाम गरे अहिले त्यो पनि छैन्, नेपालीले थप्नुभयो ।
सिन्धुलीका विमल तामाङ पनि डुङगा कहिले चलाउन पाईएला अनि सहज तरिकाले आफनो रोजीरोटिको जोहो गरौला भनेर हरेक दिन फेवा किनारमा आउदै टोलाएर बस्ने गरेको पनि ५ महिना बढी भैसक्यो । डुङगा चलाउन कहिले पाईएला र रोजीरोटिको जोहो गरौला भनेर हरेक दिन फेवताल किनारमा टोलाएर बस्ने गरेको बताउदै तामाङले काम बन्द हुदा खाने देखि घरभाडा तिर्ने समस्या परेको भन्दै दुखेसो पोख्नुभयो ।
‘लकडाउन चाडै खुल्ला र आफनो काम गर्न पाईएला भनी घर पनि गइएन् ,खुल्ला भन्दै बस्दै गर्दा अबत रोगले भन्दा भोकले मरिएका की जस्तो भयो, अन्य काम पाएको छैन् , तामाङले गुनासो गर्नुभयो । यो नेपाली र तामाङको मात्र समस्या हैन फेवातालमा डुङगा चलाएर आफनो जिवीकोपार्जन गर्दै आएका करिव ५ सय डुङगा व्यवसायीको चुलो जलाउने देखि घरभाडा तिर्ने सम्मको समस्याले उनिहरुलाई सताएको हो । उनिहरुमध्ये ४० जना महिला डुङगा व्यवसायी रहेका छन् ।
कोभिड १९ को कारण सबै क्षेत्र ठप्प जस्तै रहेकाले त्यसको प्रत्यक्ष असर फेवातालमा पनि परेको हो । कोरोना अघि दैनिक सयौ आन्तरिक तथा बाह्य पर्यटक तालमा डुङगा शयरका लागि आउने गरेकोमा कोरोनाका कारण हाल पर्यटकको आगमन शुन्य छ भने डुङगा मनोरञ्जन भित्र पर्ने भएकाले प्रसाशनले संचालनमा समेत रोक लगाएको छ ।
पोखराका आउने अधिकाश पर्यटकले तालको विचमा रहेको तालवाराही मन्दिरको दर्शन सगै ताल वरिपरि अवलोकनका लागि डुङगा चढ्ने गरेका थिए । जसका कारण व्यवसायिहरुको घरमा चुलो जलेको थियो । अहिले यो दुवै बन्द अवस्थामा रहेकाले समस्या खडा भएको हो ।
फेवा डुगां व्यवसायी संगठनका अध्यक्ष बुद्धि बहादुर नेपालीले डुङगा व्यवसायीको समस्या सुरुमा सामान्य देखीएपनि हाल जटिल बन्दै गएको बताउनु भयो । लकडाउन सुरु सगै संगठनले उनिहरुलाई केहि राहत दिएपनि बन्दाबन्दी लम्विएका कारण समस्याको विकल्प नभेटिएको गुनासो गर्नुभयो ।
उहाँले भन्नु भयो, व्यवसाय खुल्ला गर्न सिडीयो कहाँ पुगेका थियौ,डुङगा व्यवसायीलाइ यातायात भित्र नभइ मनोरञ्जन भित्र राखिदो रहेछ , मनोरञ्जन अत्यावश्यक भित्र नपर्ने भएकोले संचालनमा गर्न रोक लगाइयो ।
उहाँले कोरोना भाइरसको महामारी बढदै गएकोले सावधानी अपनाउनु महत्वपपुर्ण रहेको बताउदै व्यवसायीहरुलाइ डुङगा संचालन नहुदा सम्म अन्य काम खोजेर तत्कालको समस्या टार्न पनि आग्रह गर्नु भएको छ ।