बुधबार तोलामा चार सय सस्तियो सुनको भाउ

  भदौ १०, २०७७

काठमाडौ, भदौ १० : एक सातादेखि सस्तो बनिरहेको सुनको मूल्यमा बुधबार समेत गिरावट आएको छ । मंगलबार तोलामा छ सयले घटेको सुनको भाउ बुधबार तोलामा पुनः चार सयले घटेको छ । केहीदिनदेखि नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमको निरन्तरता बुधबार समेत भएको छ ।

 मंगलबारको तुलनामा बुधबार छापावाल सुन तोलाको चार सय रुपियाँले घटेर ९६ हजार ८०० रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन चार सयले रुपयाँ सस्तो हुँदा तेजाबी सुन पनि चार सयले नै घटेर तोलाको ९६ हजार ३०० सय रुपियाँँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० सय र तेजाबी सुन ९६ हजार ७०० रुपियाँमा कारोबार भएको थियो ।

गत साउन २३ गते तोलाको एक लाख तीन हजार ५०० रुपियाँमा किनबेच भएर सुनले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । भदौ ३ गते तोलाको १ लाख ४ सय रुपैयाँ पुगेर सुन सस्तो बन्न थालेको छ हो । सुनको मूल्य घट्दा आज चाँदी पनि तोलाको १० रुपैयाँले घटेर १३ सय १० रुपियाँ कायम भएको छ । कोरानाको कारणले सुनको मूल्यमा तलमाथि भैरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया