बैङ्क कर्मचारीका लागि शुक्रबारबाट सहजीकरण

  भदौ ०४, २०७७

काठमाडौँ, भदौ ४ : बैङ्क तथा वित्तीय संस्थासंग आबद्ध कर्मचारीलाई शुक्रबारबाट कार्यालय आवतजावतमा सहजीकरण गरिने भएको छ ।

निषेधाज्ञाको पहिलो दिन सुरक्षाकर्मीले रोक लगाएपनि शुक्रबारबाट भने बिहान ९ बजेदेखि १०.३० बजेसम्म र साँझ ३.३० देखि ५.३० बजेसम्म सहजीकरण गर्न लागिएको हो ।

विभिन्न बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूले कार्यालयबाट जारी फोटोसहितको परिचय पत्र अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ । मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्नेछ ।

अत्यावश्यक ढुवानीका सवारीबाहेक अन्यलाई रोक
जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार एक विज्ञप्ति नै जारी गरी अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका सवारीबाहेक अन्य सवारी साधनलाई काठमाडौँ उपत्यका प्रवेशमा रोक लगाइएको जनाएको छ ।

अत्यावश्यक सामग्री खाद्यन्न, तरकारी, फलफूल, पानी, दूधजन्य पदार्थ, इन्धन, औषधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाहेक अन्य सवारी साधनलाई उपत्यका प्रवेशमा रोक लगाइएको स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया