आयुर्वेदिक उपचारले सात दिनमै निको भए कोरोना संक्रमित, बेड संख्या बढाइँदै

  साउन ३०, २०७७

काठमाडौं, साउन ३० : आयुर्वेद चिकित्साप्रति मानिसको विश्वास गुमिरहेको समयमा कोरोना सङ्क्रमण (कोभिड १९) भएका विरामीलाई भने आयुर्वेदिक औषधिले फाइदा गरेको छ ।

कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोना संक्रमित ३३ जना सात दिनमै निको भएर घर गएका छन् । अरु पनि निको भएर जाने क्रम बढ्दो छ ।

आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत डा.अमितमान जोशीले भन्नुहुन्छ, आयुर्वेदिक औषधिमा विभिन्न रोगप्रतिरोध क्षमता बढाउने जडीबुटीको प्रयोग हुने भएको कारण कोरोनासँग लड्न सक्ने क्षमता चाँडो विकास भई निको भएको हो ।

उहाँको अनुसार कोरोना संक्रमणका कारण भर्ना भएपछि आयुर्वेद विज्ञ चिकित्सक टोलीबीच छलफल गरी श्वासप्रश्वाससम्बन्धी रोगमा प्रयोग हुने र रोग प्रतिरोधी क्षमता बढाउने जडीबुटी मिलाएर बनाइएको औषधि सेवन गर्न दिइएको थियो । त्यसको सात दिनपछि पिसिआर परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको डा.जोशीले जानकारी दिनुभयो ।

यता कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुरकी २२ वर्षिय नर्स कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान अस्पतालमा भर्ना हुनुभयो । आफूले विरामीलाई एलोपेथिक औषधिमात्र सेवन गर्न दिने गर्ने गरको उहाँले कहिले पनि आयुर्वेदिक औषधि प्रयोग गर्नुभएको थिएन् । आयुर्वेदिक चिकित्सकहरुको सल्लाह बमोजिम सोही औषधि सेवन गरकोे र अहिले आफूलाई समस्या नभएको बताउनुभयो ।

आफू १० दिनमा डिस्चार्ज भएको जानकारी दिदै दैनिक तीन पटक दुई गोली औषधि खान दिन्छ जसले गर्दा मेलै कोरोनालाई सजिलै जित्न सके । अहिलेसम्म पनि कुनै पनि (साइडिफेक) नराकात्मक असर देखा परेको छैन् भने मैले आफ्नो नर्सको ड्युटी पनि समालिसकेको छु ।
उहाँ मात्र होइन बाग्लुङको ३५ वर्षिय जङ्गबहादुर केसीलाई पनि कोरोनालाई जित्न आयुर्वेदिक औषधिले धेरै मदत गरेको बताउनुहुन्छ ।

कतारबाट नेपाल आउनुभएको केसी भक्तपुरस्थित राधेराधेमा होल्डीङ सेन्टरमा बसेपछि पिसिआर टेस्ट गराउँदा पोजेटिभ देखेको थियो । खासै कुनै कोरोनाको लक्षण नदेखिएको र उहाँले अस्पतालमा हुँदा तातो पानीमा वेसार र नुन हालेर दैनिक रुपमा खानुहुन्थ्यो ।

केसी भन्नुहुन्छ, अस्पतालको ब्यवस्था धेरै राम्रो छ कोठा तातो पानीको ब्यवस्था थियो र दैनिक रोगप्रतिरोधात्मक शक्ति बढाउने आयुर्वेदिक औषधि दिनको तीन पटक खान दिन्थ्यो । आठ दिनमानै कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि घर फर्केको जानकारी दिदै थप्नुभयो, हाल हर्वल टी र चेवनप्रासको सेवन गरिरहेको छु । अहिले म आफूलाई स्वस्थ्य र बलियो पनि महसुस गरिराखेको छु ।

गत असार २५ र २६ गते भर्ना भएका उनीहरू एक हप्तामै डिस्चार्ज भएको अस्पतालले जनाइएको छ । डा.जोशीले पहिलो पटक २० जना कोरोना सङक्रमण ब्यक्तिहरु आएका थियो त्यसमा सबै डिस्चाज भयो । त्यस लगत्तै दोस्रो पटक पनि २० जना भर्ना भयो १४ जना पनि डिस्र्चाज भइसकेको जानकारी दिनुभयो ।

आयुर्वेद अनुसन्धान तथा तालिम केन्दका चिकित्सक तथा कोभिड १९ का संयोजक डा.जितेन्द्र श्रेष्ठले अव दैनिक रुपमा संक्रमणको संख्या बढ्दै गएपछि अस्पतालमा हाल १६७ जना रहेको जानकारी दिदै थप्नुभयो, पुरुष १२१ र महिला ४७ जना उपाचारमा रहनुभएको छ । उहाँहरूलाई पनि सोही औषधिको प्रयोग गरिरहेका छांै सबैको अवस्था सामान्य नै रहेको छ ।

अहिलेसम्म दुई जनालाई गंगालाल अस्पताल र एक जनालाई आइसियुको लािग टेकु पठाएको पनि उहाँ बताउनुभयो । भर्ना भएकामध्ये तीन जनामा मात्र सामान्य रुघाखोकी, श्वास फेर्न गाह्रो हुने र ज्वरो आउनेजस्ता मध्यम लक्षण देखिएका थिए भने अरूमा खासै लक्षण देखिएका डा. श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार भर्ना भएका सबैलाई स्वस्थ पार्ने विषयमा केन्द्रका विज्ञ चिकित्सकबीच छलफल गरी संक्रमितलाई विभिन्न आयुर्वेदिक औषधि दिइएको हो । टोलीमा काया चिकित्सक, पोषणविद्, द्रव्यगुण चिकित्सक, शल्यविज्ञ लगायत मिलेर औषधि छनोट गरिएको थियो ।

डा.जोशीले संक्रमितलाई शरीरको प्रतिरक्षा शक्ति बढाउन गुर्जो, पिप्ला, अश्वगन्धा, तुलसी सुतमनी, मरिजलगायत जडीबुटीबाट बनेको औषधि खुवाइएको जानकारी दिनुभयो । औषधिको साथसाथै खानामा पनि ध्यान दिएको प्रष्ट पादै डा. उहाँले भन्नुभयो, कोरोना संक्रमणलाई भिटामिन सि, खनिजमा जिङक र सेलेनियम भएको त्यसै अनुसारको खाना मिलाएर दिने गरेका छौ ।

डा.श्रेष्ठले भने खाना र औषधिको साथै मेडिटेसन, सामान्य नाचगान तथा योगा गर्नको लागि मौखिक रुपमा भन्नुभएको जानकारी दिदै धेरै विरामीले पालना गर्ने बताउनुुभयो । आयुर्वेदिक विधिबाट छोटो अवधिमै संक्रमित स्वस्थ भएपछि यसलाई थप अनुसन्धानका रूपमा प्रयोग गर्ने सोच बनाइएको उहाँले बताउनुभयो । ‘यो औषधिले कोरोना निको नै भयो भन्ने हाम्रो दाबी होइन, तर बिरामीलाई लाभ मिलेको देखिन्छ, यसमा अनुसन्धान गर्नेबारे छलफल क्रममा छौं,’ जोशीले थप्नुभयो ।

यता डा.श्रेष्ठले हाम्रो क्षमता जम्मा २० जनाको थियो तर १५० जना क्षमता भएको आइसोलेसन बनाउ भने पछि त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अधययन संस्थान र जनस्वास्थ्य केन्द्रीय विभागको विल्डिङमा दुई दिनमा आइसोलेसन वार्ड बनाएको जानकारी दिनुभयो ।

सानो स्वास्थ्य टोली हुदाँहुदै पनि राम्रो काम भइरहेको छ उहाँले बताउनुभयो दुई जना डा. जोशी र म आफूमात्र संक्रमित ब्यक्तिहरुको जाचँमा संलग्न छु भने चार जना नर्सहरु र दुईजना प्यारामेडिकल रहेका छन । जनशक्तिको कमीले अलि गार्रो भएको गुनासो गर्दे डा. श्रेष्ठले भन्नुयभो, स्वास्थ्य विभागले स्वास्थ्यकर्मी पठाइदिने कुरा भइरहेको छ ।

तपाईको प्रतिक्रिया