काठमाडौं,साउन १९ : मलेसियामा एक नेपाली सेक्यूरिटी गार्ड कुटपिट गर्ने व्यक्ति नेपाली नै भएको र उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । कुटपिट गर्ने व्यक्ति कपिलबस्तु जिल्लाका रामगोपाल मुराउ भएको मलेसियास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।
कुटाई खाने व्यक्ति पनि नवलपरासीका ईस्लाम हुसेन रहेको र दुवै जना नेपाली रहेको दूतावासले बताएको छ । मलेसिशयामा हुसेनलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
भिडियोमा देखिएको घटना यही ७ जुलाई बिहान १० बजे तिर क्वालाम्पूरमा रहेको एम थ्रि महलमा भएको थियो । निजहरु मध्ये पीडित क्यूरिटी गार्ड र पिडक सुपरभाईजरको रुपमा कार्यरत रहेको दुतावासले जारी गरेकोस बिज्ञत्तिमा उल्लेख छ ।
राजदूतावासको सम्पर्कमा आएका दुवै जनाले उक्त भिडियोमा देखिने पात्र आफूहरु नै रहेको कुरा स्वीकार गरेका छन् । हुसेनलाई पिटने रामगोपाल मुकाउ आज सोमबार नै स्वेच्छाले मलेसियन प्रहरी ससमक्ष उपस्थित भएका छन् ।