सुनको मूल्यकाे नयाँ रेकर्ड

  साउन ०९, २०७७

काठमाडौँ, साउन ९ : शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड तोकिएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ९५ हजार आठ सयमा पुगेर हालसम्मकै उच्च रेकर्ड कायम भएको हो ।

बिहीबारसम्म ९४ हजार पाँच सयमा कारोबार भएको सुन एकैदिन एक हजार तीन सयले बढेर ऐतिहासिक रेकर्ड राखेको हो । शुक्रबार चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेर एक हजार १५० रुपियाँ कायम भएको छ ।

अघिल्लो दिन चाँदीको मूल्य एक हजार १४५ रुपियाँ प्रतितोलामा कारोबार भइरहेको थियो । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा थपघट भइरहेकाले सुनचाँदी व्यवसायी महासङ्घका उपाध्यक्ष दियेशरत्न शाक्यले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया