‘लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन प्रेरणा मिलोस्’

  बैशाख ०१, २०८२

मकवानपुर, १ वैशाख : बागमती प्रदेश प्रमुख दीपकप्रसाद बासकोटाले उत्साह र कर्मशीलता बोकेर सबैलाई सभ्य र अनुशासित बनाइ लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नव वर्ष २०८२ को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै उहाँले सकारात्मक सोच मात्रै राखेर हुँदैन सकारात्मक काममा लाग्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले विगतमा भएका कमिकमजोरी अन्तिम ठानेर आआफ्नो क्षेत्रबाट समृद्ध देश निर्माणमा अघि बढ्न नयाँ वर्षले मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया