उपत्यकामा वर्षा, प्रदूषण हट्ने आशा

  चैत २६, २०८१

काठमाडाँै, २७ चैत : यतिबेला उपत्यकाको विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् गोविन्द झाले उपत्यकालगाायतका विभिन्न स्थानमा वर्षा भइरहेको र बाँकी स्थानमा पनि साँझसम्म वर्षा हुने जानकारी दिनुभयो ।

“मध्याह्न ३ बजेसम्ममा उपत्यकाको सबै स्थानमा वर्षा हुन सकिरहेको छैन । भक्तपुर र ललितपुरको पनि विभिन्न स्थानमा वर्षा भइरहेको छ । उहाँले भन्नुभयो, “बिहीबार बिहान र दिउँसो पनि वर्षा हुन्छ । यसपालिको वर्षाले वायुु प्रदूषण घटने र किसानलाई राहत पुग्छ ।”

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा मुलुकको लुम्बिनी प्रदेशसम्मका अधिकांश भूभागमा वर्षा हुने मौसमविद् झाको भनाइ छ । उहाँका अनुसार मध्यपश्चिम र सुदूरपश्चिमका पहाडी भूभाग मात्रै वर्षाको सम्भावना छ । धेरै समयपछिको वर्षाले सुक्खाको अवस्था हट्ने उहाँले बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले हावाको गति बढ्दा र आकाशबाट पानी पर्दा वायु प्रदूषण पनि कम हुने बताउनुभयो । “काठमाडौँ कचौरा आकारमा पनि छ । पानी परेमा सतहमा रहेको प्रदूषण तल खस्छ”, उहाँले भन्नुभयो ।

एयर क्वालिटी इन्डेक्स’ कोे तथ्याङ्कअनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण एक सय ७७ एक्युआई रहेको छ ।

तपाईको प्रतिक्रिया