मकै खेतीमा व्यस्त नवलपुरका किसान (फोटो फिचर)

  ८ घण्टा अगाडि

नवलपुर, २ चैत : नवलपुरको कावासोती १६ डण्डाका किसान अहिले मकै खेतीमा व्यस्त छन्। बाह्रै महिना मकै खेती हुने जिल्लामा तीन खेतीसम्म मकै उत्पादन हुन्छ। 

अहिले किसानले बर्खे मकै लगाएका छन्। कृषि ज्ञान केन्द्रका अनुसार यहाँ चार हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ। 

नवलपुरको खासगरी गैँडाकोटका किसानले बेमौसमी मकै खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्।  

तपाईको प्रतिक्रिया