धनगढी, साउन ४ : कैलालीमा दुई किशोरीमाथि आफ्नै बुवाले बलात्कार गरेको आरोप लागेको छ । जिल्लाको घोडाघोडी नगरपालिकाका दुई किशोरीमाथि बुवाले १४ र १६ वर्षीय दुई छोरीलाई बलात्कार गरेको आरोप लागेको हो ।
ती व्यक्ति अहिले फरार रहेको बताइएको छ । पिडित बालिकाको आमा केही वर्षदेखि वैदेशिक रोजगारीमा रहेकाले अहिले दुवै बालिकाको तर्फबाट संरक्षक बस्ने केहि नभएपछि दुवै बालिकालाई ओरेक नेपालको जिम्मा लगाइएको प्रहरीले बताएको छ । ओरेक नेपालकी जिल्ला संयोजक बिनु रानाले भने बुवा विरुद्ध आइतबार मुद्धा दर्ताको प्रक्रिया थालेकोे जानकारी दिएकी छन् ।
यता घटनाको सत्यतथ्य छानविनको माग गर्दै नगर बाल सञ्जाल धनगढीले दोषीलाई कारवाहीको माग गरेको छ । सञ्जालले आइतबार विज्ञप्ति जारी गर्दै प्रहरील संरक्षक नभएको भन्दै मुद्धा दर्ता नगरेको र दोषी हालसम्म फरार रहेको भन्दै इलाका प्रहरी कार्यालय सुखडप्रति निन्दा गरेको छ ।
विज्ञप्तिमा भनीएको छ, ‘पिडीत किशोरीलाई उचित न्याय, क्षतिपुर्ति, स्वास्थ्य परीक्षण, उनको सामाजिक सुरक्षा, मनोवैज्ञानिक परामर्श र उनको सम्मानमा विशेष ध्यानदिन सम्बन्धीत निकाय समक्ष अनुरोध गर्दछौं ।’