चीनको ग्वान्जाओमा होली पर्वको रौनक

  ६ घण्टा अगाडि

चीनमा रहेका नेपालीहरुले हर्षोल्लासपूर्वक होली पर्व मनाएका छन् ।  एनआरएनए चीनको पहलमा बिहीबार ग्वान्जाओस्थित लिटिल पापा नामक रेस्टुरेन्ट परिसरमा होली मनाइएको हो ।

एनआरएनए चीनका अध्यक्ष निर्मल चौलागाइँले हरेक वर्ष चिनियाँहरूलाई पनि सहभागी गराएर होली पर्व मनाउने गरेको बताए । सो अवसरमा भेला भएका ४ दर्जनभन्दा बढी नेपालीहरूले एकासपसमा सद्भाव र भाइचारा बाँड्दै होलीको रंग दलेका थिए । ग्वान्जाओस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत भरत खनालले पर्यटन प्रवर्द्धनका लागि राम्रो मौकाको रुपमा होली पर्व मनाइएको बताए ।  

होलीमा नेपालीहरुलाई भेला गराएर सांस्कृतिक भावना कायम राखिएको  उप-कन्सुलर सागर मरासैनीले सुनाए ।  

एनआरएनए चीनका सल्लाहकार एवं अन्तर्राष्ट्रिय नेपाल युवा उद्यमी महासंघ (फिन्ये) का अध्यक्ष दिल बहादुर कठायतले नेपालीहरूले हरेक वर्ष यसैगरी भेला भएर फागु पूर्णिमा मनाउने गरेको स्मरण गरे ।

तपाईको प्रतिक्रिया