‘गणतन्त्रको विकल्प समाजवादी गणतन्त्र नै हो’

  फागुन २७, २०८१

काठमाडौँ, २७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रको विकल्प निरङ्कुशता नभई समाजवादी गणतन्त्र भएको बताउँदै गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

माओवादी केन्द्रको भ्रातृ सङ्गठन योङ कम्युनिष्ट लिगको आज यहाँ आयोजित कार्यक्रममा उहाँले देशभरका युवालाई अग्रगमनका सङ्गठति गर्नुपर्ने बताउनुभयो । संविधानलाई परिमार्जन गरेर जनताका अधिकारलाई पूर्णता दिँदै सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवादी क्रान्तिको तयारी गर्न आवश्यक भएको बताउनुभयो ।

अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार प्रतिक्रान्तिकालाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीको काँधमा आएको बताउँदै उहाँले भन्नुभयो, “विश्व क्रान्तिका विभिन्न परिघटनामा क्रान्तिपछि जनताले अस्वीकार गरेका र वैधानिक रुपमा जनताले मिल्काइसकेका शक्तिले बेलाबेलामा टाउको उठाउने प्रयास गर्नु स्वभाविक हो, त्यस्ता प्रयासका विरुद्ध अझ बढी सङ्गठित भएर उनीहरुलाई पूर्णरुपमा परास्त गर्नु क्रान्तिकारीहरुको दायित्व हो ।”

तपाईको प्रतिक्रिया