चीनका २ ठूला अधिवेशनमध्ये सीपीपीसीसी सम्पन्न

  ६ घण्टा अगाडि

चिनियाँ संसद

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको १४औं राष्ट्रिय समितिको तेस्रो अधिवेशन १० तारिख बिहान समापन भयो। सोमबार अधिवेशन समापन समारोह बेइजिङस्थित जन बृहत् सभाभवनमा आयोजना गरिएको थियो ।

बैठकको अध्यक्षता चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङले गरेका थिए भने राष्ट्रपति सी चिनफिङ, ली छ्याङ, छाइ छि, तिङ सुएस्याङ, ली सी, हान चङ र अरू नेताहरूले भाग लिएका थिए।

चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी) को चौधौँ राष्ट्रिय समितिको तेस्रो अधिवेशनको स्थायी आयोगको कार्य प्रतिवेदनहरू लगायत ४ वटा मुख्य कार्यसूचिमाथि सुनुवाई गर्दै पारित गरेको छ। यो सम्मेलन मार्च ४ तारिखबाट सुरू भएर ६ दिनसम्म चलेको थियो।

आफ्नो भाषणमा वाङ हुनिङले चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको १४ औं राष्ट्रिय समितिको तेस्रो अधिवेशनले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनको उल्लेखनीय राजनीतिक फाइदाहरू र चीनको पूर्ण-प्रक्रियागत जन प्रजातान्त्रिक जीवन्ततालाई पूर्ण रूपमा प्रदर्शन गरेको बताए। उनले भने, ‘सी चिनफिङलाई केन्द्र बनाएर चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको वरिपरि अझ नजिकबाट एकताबद्ध हुनुका साथै २०औं चिनियाँ कम्युनिष्ट पार्टी राष्ट्रिय कांग्रेस र २०औं चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको दोस्रो र तेस्रो पूर्ण सत्रको भावनालाई पूर्ण रूपमा कार्यान्वयन गर्न उत्साहित छौ।’ 

मिलेर एकतावद्ध भएर अगाडि बढ्नुपर्ने भन्दै वाङले चौतर्फी रूपमा आधुनिक समाजवादी देश निर्माण गर्न प्रयास गर्नुपर्ने र दोस्रो शताब्दी लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया