काठमाडौँ, २६ फागुन : नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि १० जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयका अनुसार आइतबार साँझसम्म नेप्सेको सिइओ पदका लागि १० जनाको आवेदन परेको हो ।
नेप्सेको सिइओ बन्नका लागि पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल, नारदकुमार लुइटेल, युवराज दाहाल, प्रवीण अधिकारी र चूडामणि चापागाईं, विमलकुमार तिवारी, कृष्णबहादुर कार्की, हेमन्त बस्याल, मुकुन्दराज जोशीको सिइओका लागि आवेदन परेको छ ।
सिइओ नियुक्तिका लागि गठित सिफारिस समितिले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नका लागि आवेदन माग गरेको थियो ।