कर्णालीमा चार जना कोरोना सङ्क्रमित थपिए, १७ जना निको भए

  साउन ०३, २०७७

सुर्खेत, साउन ३ : कर्णाली प्रदेशमा थप चार जनामा कोरोना सङ्क्रमण देखिएको छ । शनिबार चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा रुकुमपश्चिमका तीन र सल्यानका एक जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाका अनुसार अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार सातसय ३७ रहेको छ ।
पछिल्लो समय कार्णालीमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या बढ्दै गएको छ ।

शनिबार मात्रै थप १७ जना निको भएर घर फर्किएका छन । महाशाखाले जुम्लाबाट १० जना, चौरजहारी अस्पतालबाट तीन जना, दैलेखबाट तीन र सुर्खेतबाट एक जनालाई निको भएपछि डिस्चार्ज गरिएको जनाएको छ । अब कर्णालीमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार पाँचसय १० पुगेको छ ।

कर्णालीमा सक्रिय सङ्क्रमतिको सङ्ख्या दुईसय २१ रहेको छ । अहिलेसम्म प्रदेशमा कोरोना सङ्क्रमणका कारण छ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया