ट्रम्प–पुटिन शिखर सम्मेलनअघि अमेरिकी राष्ट्रपतिसँग भेट्ने जेलेन्स्कीको चाहना

  ७ घण्टा अगाडि

किएभ, ११ फागुन (रासस/एएफपी) : राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार उहाँ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्प र रूसी नेता भ्लादिमिर पुटिन बीचको कुनै पनि बैठकअघि युक्रेनी प्राकृतिक स्रोतहरूमा वासिङ्टनको पहुँच प्रदान गर्ने सम्झौताबारे छलफल गर्नुपर्ने बताउनुभएको छ ।

“युक्रेनी सुरक्षा चिन्ताहरूमा सम्झौता गर्न हामीले यसका बारेमा भेट्न र कुरा गर्न आवश्यक छ । मलाई लाग्छ कि यो बैठक निष्पक्ष हुनुपर्छ, जसको अर्थ ट्रम्पले पुटिनलाई भेट्नुअघि”, जेलेन्स्कीले किएभमा पत्रकार सम्मेलनमा भन्नुभयो ।

तपाईको प्रतिक्रिया