‘केपी ओली कप च्याम्पियनसिप’ शुभारम्भ

  ११ घण्टा अगाडि

ललितपुर, ११ फागुन : राष्ट्रिय युवा सङ्घ, नेपालद्वारा आयोजित ‘तेस्रो केपी ओली कप च्याम्पियनसिप’ को आज शुभारम्भ भएको छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, वरिष्ठ कलाकार हरिवंश आचार्यसहितले प्रतियोगी खेलाडीलाई बल प्रदान गरेर खेलको शुभारम्भ गर्नुभएको हो । प्रथम महिला राधिका शाक्यसहित पुग्नुभएका प्रधानमन्त्री ओलीले एपिएफ क्लब, नेपाल र ब्लाक बल्ट बुल्स क्लब, उज्वेकिस्तानबीचको पहिलो खेल अवलोकन गर्नुभएको थियो । पहिलो खेलमा एपिएफले ब्लाक बल्ट बुल्स क्लबलाई ४–३ गोलअन्तरले पराजित गरेको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीको ७४औँ जन्मदिनका अवसरमा उहाँलाई विशेष उत्सवसहित शुभकामना दिइएको थियो । कलाकारहरु बद्री पंज्ञेनी र समीक्षा अधिकारीले गीतबाटै प्रधानमन्त्री ओलीलाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया