राष्ट्रसङ्घीय मानवअधिकार परिषदबाट इजरायल अलग

  ७ घण्टा अगाडि

जेरुसेलम, २४ माघ : इजरायलका विदेश मन्त्री गिडोन सारले बिहीबार संयुक्त राष्ट्र मानव अधिकार परिषद् (यूएनएचआरसी)लाई इजरायलले अब यसमा भाग नलिने जानकारी दिनुभएको छ ।

इजरायलको यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसङ्घको शीर्ष मानवअधिकार निकायबाट आफ्नो देश फिर्ता भएको घोषणा गरेको दुई दिनपछि आएको हो ।

सारले यूएनएचआरसीका अध्यक्ष जुर्ग लाउबरलाई लेख्नुभयो,“मानव अधिकार परिषदमा इजरायल विरुद्ध जारी र निरन्तर संस्थागत पूर्वाग्रहलाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो, जुन सन् २००६ मा स्थापना भएदेखि नै जारी छ ।”

सारले परिषद राजनीतिक प्लेटफर्म भएको छ, जसको प्रयोग इजरायललाई निन्दा गर्ने र केही राजनीतिक उद्देश्यहरू अगाडि बढाउन प्रयोग गरिन्छ ।

“सन् २०२३ अक्टोबर ७ देखि परिषदले इजरायल विरुद्ध गलत जानकारी फैलाउन प्लेटफर्म प्रयोग गरेको छ ।”

इजरायली मन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्नुभयो,“राष्ट्रपति ट्रम्पको न्यायपूर्ण निर्णयमा सामेल भएर इजरायलले अब परिषदमा भाग नलिने उल्लेख गरेको छ ।” रासस, सिन्ह्वा

तपाईको प्रतिक्रिया