पाँच महिनामा ४० लाखको मह बिक्री

  ७ घण्टा अगाडि

त्रिवेणी (रुकुमपश्चिम), २१ माघ : मह बिक्रीबाट यस वर्ष जिल्लाका किसानले रु ४० लाख आम्दानी गरेका छन् । गत साउन १ देखि पुस मसान्तसम्ममा चार मेट्रिकटन मह उत्पादन गरी बिक्रि गरेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी लालबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार मह प्रतिकिलो रु एक हजारदेखि एक हजार दुई सय सयसम्म बिक्री हुने गरेको छ । सबैभन्दा बढी मह बाँफिकोट गाउँपालिका र आठविसकोट नगरपालिकामा उत्पादन हुने गरेको छ । सानीभेरी, त्रिवेणी गाउँपालिका तथा मुसिकोट र चौरजहारी नगरपालिकामा पनि मह उत्पादन हुने गरेको छ ।

जिल्लाभर एक सय ५० देखि दुई सय किसानले मौरीपालन गर्दै आएका छन् । केही किसानले घरका लागि मात्र प्रयोग हुने मह उत्पादन गरे पनि एक सय ५० बढी किसानले व्यावसायिक मौरीपालन गर्दै आएका छन् ।

जिल्लामा उत्पादन भएको मह स्थानीय बजार खलङ्गा, सोलावाङ, चौरजहारी तथा जिल्ला बाहिर सुर्खेत, दाङ, नेपालगञ्ज काठमाडौँसम्म मह बिक्री हुने गरेको छ । सिजनमा मह बिक्रीबाट प्रत्येक किसानले रु पाँच हजारदेखि तीन लाखसम्मसम्म आम्दानी गर्ने कृषि विकास कार्यालयका सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो । रासस

तपाईको प्रतिक्रिया