श्रीलङ्कामा ‘एकीकृत निगरानी महाशाखा’ स्थापना गर्न आग्रह : राष्ट्रपति

  पुष १३, २०८१

कोलम्बो, १३ पुस, (रासस/सिन्ह्वा) : श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले विमानस्थल तथा श्रीलङ्का भन्सारका अधिकारीहरूलाई लागुऔषध तस्करी, भ्रष्टाचार र अवैध आप्रवासनलाई रोक्न एकीकृत निगरानी महाशाखा स्थापना गर्न आग्रह गर्नुभएको छ ।

अनुगमन महाशाखाले अन्य प्रतिबन्धित वस्तुको प्रवेश रोक्न, विमानस्थल तथा भन्सारमा हुने अनियमितता र देशबाट व्यक्तिको अनाधिकृत निकासीमा पनि ध्यान दिनुपर्ने राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले जनाएको छ ।

शनिबार अध्यागमन तथा आप्रवासन विभाग, श्रीलङ्का भन्सार, विमानस्थल तथा उड्डयन सेवाका प्रमुखसँगको भेटमा राष्ट्रपतिले सो कुरा बताउनुभयो ।

राष्ट्रपतिले अहिलेको स्क्यानिङ उपकरणलाई अत्याधुनिक स्क्यानरले प्रतिस्थापन गर्न आह्वान गर्दै तस्करी रोक्न व्यावहारिक र आधुनिक प्रक्रियाको आवश्यकतामा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया