फेरि बढ्यो इन्धनको मूल्य

  असार २७, २०७७

काठमाडौँ, असार २६ : नेपाल आयल निगमले इन्धनको मूल्य पुन: बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँको दरले बढाएको हो ।

नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय २ रुपैयाँ, डिजेल ८८ रुपैयाँ र मट्टितेल ८८ रुपैयाँ पर्ने निगमका प्रबक्ता बिनितमणी उपाध्यायले बताए । निगमले यसअघि असार १६ गते पेट्रोलमा ५ रुपैया, डिजेलमा २ र मट्टितेलमा २ रुपैयाँ बढाएको थियो । १० दिन नबित्दै पुन: मूल्य बढाएको छ ।

‘भारतीय आयल कर्पोरेसन्सले पठाएको मूल्यसुचीअनुसार पेट्रोलमा ३ रुपैयाँ ६५ पैसा, डिजेलमा ३ रुपैयाँ ८२ पैसा र मट्टितेलमा १४ रुपैयाँ २५ पैसा वृद्धि भएको छ,’ उनले भने, ‘मूल्य उच्च बढे पनि साबिक मूल्यमा १ रुपैयाँमात्रै बढाएका छौं । नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि नै लागू हुन्छ ।’

तपाईको प्रतिक्रिया