इन्डोनेसियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

  ७ घण्टा अगाडि

जकार्ता, ११ मङ्सिर : इन्डोनेसियाको सुमात्रा टापुका चार प्रान्तमा बाढी र पहिरोको प्रभावबाट ज्यान गुमाउनेको सङ्ख्या २० जना पुगेको जनाइएको छ । इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले सुमात्रा टापुका कारो, डेली सर्डाङ, दक्षिण तपानुली र पडाङ लाससहित चार प्रान्तमा आकस्मिक बाढी र पहिरोले असर पारेको मङ्लबार जनाएको छ ।

घटनाको पुष्टि गर्दै एजेन्सीले बाढी पहिरोमा परी दुई जना अझै बेपत्ता रहेको जनाएको छ । पछिल्लो समयमा इन्डोनेसियाले वर्षाको मौसममा चरम मौसमी प्रतिकुलताको शृङ्खलाको सामना गरेको छ, भने जलवायु विज्ञहरूले जलवायु परिवर्तनका कारण बारम्बार यस्ता समस्याको सामना गर्न बाध्य हुनु परेको जनाएका छन् । (रासस/क्यूएनए)

तपाईको प्रतिक्रिया