महिला सङ्ख्या बढाउन पार्टीभित्रै आन्तरिक प्रतिस्पर्धा जरुरी

  ५ घण्टा अगाडि

काठमाडौँ, ३० कात्तिक : नेकपा (एमाले) निकट अखिल नेपाल (अनेमसङ्घ) की अध्यक्ष टुकाभद्र हमालले महिला सङ्ख्या बढाउन पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा गर्न जरूरी रहेको बताउनुभएको छ ।

सङ्घले आज विभाग प्रमुख, प्रदेश र क्षेत्रीय महिला नेताहरूसँग बसेको बैठकमा हमालले महिला सहभागिताको अवस्थाबारे चिन्ता व्यक्त गर्नुभएको हो । पार्टीलाई बाह्य र देशभित्रैका विभिन्न तत्वबाट आक्रमण भइरहेकाले मङ्सिर ७ गते बृहत जागरण सभाको आयोजना गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

अनेमसङ्घको केन्द्रीय कमिटीको बैठकले काठमाडौँ उपत्यकाबाट मात्र कम्तीमा १३ हजार महिलालाई सडकमा उतार्ने निर्णय गरेको छ ।

यस्तै अनेमसङ्घले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने महिला हिंसाविरुद्ध दिवसलाई भव्य बनाउन तयारी गरेको छ । अनेमसङ्घले संविधान संशोधनका लागि महिलाबाट सुझाव सङकलन गर्ने पनि जनाएको छ । त्यसका लागि केन्द्रीय कमिटीले मातहतका निकायलाई सुझाव सङ्कलनको लागि निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया