पोखरा पर्यटन परिषद्द्वारा आरोही गुरुङलाई सम्मान

  कार्तिक ०४, २०८१

गण्डकी, ४ कात्तिक : पोखरा पर्यटन परिषद्ले आठ हजार मिटरभन्दा बढी उचाइका १४ वटा हिमाल सफल आरोहण गर्नुुभएका तेजन गुरुङलाई एक समारोहबीच आज पोखरामा सम्मान गरेको छ ।

आरोही गुरुङलाई कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले संयुक्त रुपमा सम्मान गर्नुुभएको हो । कार्यक्रममा महानगरपालिकाका प्रमुख अचार्यले गण्डकी प्रदेशले पर्वतीय पर्यटनका धेरै सम्भावना बोकेको बताउनुभयो । आरोही गुरुङले हिमाल आरोहणमार्फत गर्नुुभएको कीर्तिमानी पोखरासहित समग्र राष्ट्रकै लागि गौरवको विषय भएको उहाँले बताउनुुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पदयात्रा र पर्वतीय पर्यटनको विकासमा जोड दिँदै गण्डकी प्रदेशका हिमालहरूमा आरोहणको क्रम बढाउनुुपर्ने आवश्यकता औँल्याउनुुभयो । आरोहणका माध्यमबाट गुरुङले बनाउनुुभएको कीर्तिमानी प्रशंसायोग्य भएको उल्लेख गर्दै उहाँले गुुरुङले आगामी दिनमा पनि महत्वपूर्ण सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नुुभयो ।

आरोही गुरुङले विभिन्न समयमा आठ हजार मिटरभन्दा बढी उचाइका सगरमाथा, ल्होत्से, अन्नपूर्ण, मकालुु, कञ्चनजङ्घा, नाङ्गा पर्वत, जि टू, जि वान, बोर्ड पिक, के टू, मनास्लुु, धौलागिरि, चोयू र शिसापन्ज्म हिमालहरू आरोहण गर्नुुभएको थियो ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चौबहादुर गुरुङ, सचिव नारायण सुवेदी लगायतले गण्डकी प्रदेशमा पर्वतीय पर्यटनका विविध सम्भावनाबारे धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया