४३ औं प्रयासमा रोनाल्डोको गोल, टोरिनोमाथि युभेन्टसको ४–१ को जित

  असार २१, २०७७

काठमाडौ, असार २१ : इटाली सिरी ए मा युभेन्टसले टोरिनोमाथि ४–१ को फराकिलो जित हात पारेको छ । युभेन्टसको जितमा पाउलो डिबाला, जुआन र्काराडो, क्रिष्टियानो रोनाल्डो र जिदगीले सामान एक एक गोल गर्नुभयो ।

डर्बीमा गए राति सम्पन्न खेलमा क्रिष्टियानो रोनाल्डोले ४३ औं प्रयासमा पहिलो पटक गोल गर्न भ्याउनुभयो । डिबालाले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेर युभेन्टसलाई १–० को अग्रता दिलाउनुभयो ।

रोनाल्डोले तयार गर्नुभएको पृष्ठभूमिमा जुआन कार्डराडोले गोल गर्दा २९ औं मिनेटमा युभेन्टसले अग्रतालाई दोब्बर पार्यो । आन्द्रे बेलोटीले पहिलो हाफको अतिरिक्त समयमा पाउनुभएको पेनाल्टीलाई गोलमा परिणत गर्दै टोरिनोको वापसी गराउनुभयो । तर उक्त गोल शान्त्वनामा सिमित हुन गयो ।

६१ औं मिनेटमा रोनाल्डोले फ्री किकलाई गोलमा परिणत गर्दा युभेन्टस ३–१ को अग्रता लियो । क्लब तहमा रोनाल्डोको यो ४६ औं फ्री किक गोल थियो । उहाँले ३२ गोल रियल मड्रिडका लागि र १३ गोल म्यान्चेष्टर यूनाइटेडका लागि गर्नुभएको छ । सिरी ए मा २५ गोल गर्ने रोनाल्डो सिभोरीपछि पहिलो खेलाडी हुनुहुन्छ । यसअघि ओमार सिभोरीले सन् १९६०–०६१ मा २५ गोल गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया