सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु

  ५ घण्टा अगाडि

काठमाडौँ, २० असोज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु गरेको छ ।

कम्पनीको थापाथालीस्थित बिक्री केन्द्रबाट आजदेखि एक हजार ५०० खसी, बोका र ३०० च्याङ्ग्राको बिक्री वितरण सुरु गरिएको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले राससलाई जानकारी दिनुभयो । खसी, बोकाको प्रतिकेजी रु छ सय ७० मूल्य तोकिएको छभने त्यसमा रु १० सहुलियत दिई रु छ सय ६० मा बिक्री वितरण सुरु गरिएको उहाँले बताउनुभयो ।

यसैगरी, च्याङ्ग्राको प्रतिकेजी रु एक हजार २३० मूल्य तोकिएको छ । यसमा पनि रु १० सहुलियत दिई रु एक हजार २२० मा बिक्री वितरण सुरु गरिएको जनाइएको छ । चाड बडादसैँ, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा कम्पनीले सुरु गरेको सुपथ मूल्य पसल पनि जारी रहेको सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया