काठमाडौं, असार २१ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन जना नेता शितल निवास पुग्नुभएको छ । अहिले उहाँहरुबीच छलफल भइरहेको बताइएको छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार तीनैजना पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल विहान ११ बजे भेटघाटका लागि शितलनिवास पुग्नुभएको हो ।
राष्ट्रपतिलाई महाअभियोग लगाउने समाचार बाहिर आएपछि त्यस विषयमा राष्ट्रपतिले पनि चासो लिनुभए पछि छलफल गर्न नेताहरु शितल निवास पुग्नुभएको सापकोटाले बताउनुभयो । राष्ट्रपतिलाई महाअभियोग लगाउने विषयमा आफूहरुले छलफल नगरेको ती नेताहरुको दावी रहँदैआएको छ ।
सोही विषयमा आआइतबार पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सो विषय हल्लामात्र भएको सामाजिक सञ्जालमा लेख्नुभएको छ । तीन पूर्वप्रधानमन्त्री, नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रपतिलाई भेट्न शितल निवास पनि पुग्नु भएको छ ।
दुई अध्यक्षबीच छलफल हुने
त्यस्तै, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अोलीसँग अर्का अध्यक्ष प्रचण्डको केहीबेरमा छलफल हुने भएको छ । शितल निवासबाट फर्केर सिधै प्रचण्ड बालुवाटार जानुहुने उहाँका प्रेस सल्लाहकार सापकोटाले जानकारी दिनुभयो ।