प्रधानमन्त्रीद्वारा राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी

  भदौ ३१, २०८१

काठमाडौँ, ३१ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूूले भाग लिने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराउनुुभएको छ ।

महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा आफूूले उठाउने विषयमा पनि बैठकलाई जानकारी दिँदै हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया