पानी परेपछि सलहको जोखिम कम हुने: कृषिविज्ञ

  असार १७, २०७७

काठमाडौँ, असार १७ : अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह मङ्गलबार काठमाडाैँमै देखिए पनि प्रभाव कम हुने जनाइएको छ ।

गत शनिबार रुपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेको सलह वर्षा भएपछि मर्ने गर्छ । वरिष्ठ कृषिविज्ञ डा केदार बुढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ । “काठमाडौँमा देखा परेको सलहको झुण्ड ठूलो होइन” डा. बूढाथोकीले भन्नुभयो ।
नेपालमा मनसुन शुरु भइसकेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ । पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान मौसम तथा जलवायु महाशाखाले गरेको छ ।

तपाईको प्रतिक्रिया