नेकपा स्थायी कमिटी बैठकः थप दुई एजेन्डामा छलफल, बैठक भाेलि पनि

  असार १७, २०७७

काठमाडौँ, असार १६ : जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठकमा थप दुई वटा एजेन्डामा नेताहरूले आफ्ना धारणा राख्नुभएको छ ।

बालुवाटारमा भएको बैठकमा दुई अध्यक्षसहित १८ जनाले धारणा राख्नुभएको पार्टीका प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

थप दुई वटा एजेन्डामा जननेता मदन भण्डारीको जन्म जयन्ती र निर्वाचन आएकोमा दर्ता भएको नेकपा (एमाले)को विषयमा नेताहरूले धारणा राख्नुभएको हो ।

उहाँका अनुसार दुई दिनअघि दर्ता भएको सो पार्टीमा नेकपामा नेता कार्यकर्ताको संलग्नता छ कि छैन भन्ने बारेमा र सरकार हटाउन नेकपाका नेताहरू लागेको भन्ने विषयमा छलफल केन्द्रित भएको थियो ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सो विषयबारे विषयवस्तु प्रस्तुत गर्नुभएपछि प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विचार राख्नुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । छलफलकाे लागि भाेलि पनि बैठक बस्ने उहाँले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया