पाकिस्तानमा इन्धनको मूल्यमा भारी वृद्धि

  असार १४, २०७७

काठमाडौं, असार १३ : पाकिस्तानमा इन्धनको मूल्यमा भारी वृद्धि भएको छ । पेट्रोलको मूल्यमा प्रतिलिटर करीब २५.५८ रुपियाँले वृद्धि भएको छ ।

पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको असरले घरेलु उपभोक्तामा परेको जनाएको छ । नयाँ दर बमोजिम पेट्रोलको मूल्य प्रतिलिटर एक सय रुपियाँ १० पैसा कायम गरिएको छ ।

अर्थ विभागका अनुसार डिजेलको मूल्यमा प्रति लिटर २१ रुपियाँ ३१ पैसाले वृद्धि भएको छ । डिजेलको मूल्य प्रति लिटर एक सय एक रुपियाँ २६ पैसा कायम गरिएको छ ।

गत् अप्रिल महिनामा प्रति ब्यारेल २० अमेरिकी डलरमा पाइने कच्चा तेलको मूल्य प्रति ब्यारेल ४२ अमेरिकी डलर पुगेको छ ।

तपाईको प्रतिक्रिया