देशलाई परेका बेला नेपाली एक ठाउँमा हुन्छन् भन्ने प्रमाणित : प्रधानमन्त्री

  असार ०५, २०७७

काठमाडौँ, असार ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले तीन तहको सरकारले कोरोना रोकथाममा निकै सक्रिय भएर काम गरिरहेको बताउनुभएको छ । जनप्रतिनिधीहरूले आफूले सकेको हिसाबले काम गरिरहनुभएको प्रधानमन्त्री ओलीले बताउनुभएको हो । उहाँले आफूमात्रै ठिक अरु सबै भष्ट्र भनेर भन्नु नमिल्ने बताउनुभयो ।

राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जनप्रतिनिधि काममा लागेका छन्, त्यता कसैको पनि ध्यान छैन, गरेको कामको प्रशंसा छैन । तर दैनिक हिसाबकिताब चाहियो भनेर हल्ला भइरहेको छ ।’  उहाँले नेपाली जनताको रोग प्रतिरोधी क्षमता बढिरहेको बताउनुभयो । हाम्रो प्रतिरोधी क्षमता र प्रभावकारी उपचार विधिका कारण नेपालमा कोरोना भाइरसबाट धेरै मानिसको मृत्यु नभएको दाबी गर्नुभयो । 

देशलाइ परेका बेला सबै नेपाली एक ठाउँमा हुन्छन् भन्ने प्रमाणित भएकाे बताउँदै राष्ट्रियसभाले सर्वसम्मत संविधान संशाेधन पारित गरेकाेमा प्रधानमन्त्री ओलीले धन्यवाद पनि दिनुभयाे । 

तपाईको प्रतिक्रिया