आयुषलाई बङ्गलादेशमा स्वर्ण

  जेठ ३१, २०८१

काठमाडौँ, ३१ जेठ : नेपालका आयुष ढुङ्गेलले प्रथम विकेएसपी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आज स्वर्णपदक जित्नुभएको छ ।

बङ्गलादेशको ढाकामा भएको उक्त प्रतियोगितामा आयुषले पुरुष ६३ केजी तौल समूहको उपाधि भिडन्तमा आयोजक बङ्गलादेशका अल सुवेद राइमलाई पराजित गर्दै उहाँले स्वर्णपदक जित्नुभएको टिम व्यवस्थापक प्रदीप थापामगरले जानकारी दिएनुभयो ।

त्यस्तै पुरुष ५४ केजी तौलसमूहमा नेपालका शेख इरफान खरेलले बङ्गलादेशका अब्दु जायद खानलाई हराएर स्वर्णपदक हासिल गर्नुभयो ।

त्यस्तै पुरुष ४५ केजी तौल समूहमा नेपालका पदम घले सेमिफाइनलमा भारतीय खेलाडीसँग पराजित भएसँगै कास्यपदकमा सीमित बन्नुभयो । नेपाली टिमको प्रशिक्षकमा मोहम्मद उमर खान हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया