कैलालीकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि

  असार ०३, २०७७

कैलाली, जेठ ३ : कैलालीकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ। नेपालगंज मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर २ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो।

टाउकोमा चोट लागेकी उनलाई ३१ गते नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएकोमा मंगलवार मृत्यु भएको थियो। मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको भएको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी दीर्घराज उपाध्यायले बताए।

उनका अनुसार शव मेडिकल कलेजमै राखिएको छ। योसँगै सुदुरपश्चिममा कोरोनाका कारण तीन जनाको मृत्यु भईसकेको छ। यसअघि कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ बर्षीया महिला र वाजुराको वुढीगंगा नगरपालिकाको दुई बर्षीया वालिकको मृत्यु भएको थियो। तीनै जनाको मृत्यु भएपछि मात्रै कोरोना पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया