काठमाडौँ, २३ जेठ : बोस्टन ओपन कराते च्याम्पियनसिपमा रायडेन थापा मगरले स्वर्ण जितेका छन् । उनले पाँच वर्षमुनिको बिगिनर्समा स्वर्ण जितेको टोलीका व्यवस्थापक सिद्धार्थ लामाले जानकारी दिनुभयो ।
अमेरिकाको बोस्टनमा भएको प्रतियोगितामा याङजुन लामाले कास्य जिते । उनले १५–१६ वर्ष उमेर समूहको एडभान्स कुमुतेमा सफलता पाए ।
प्रतियोगितामा पदक विजेता रायडेन र याङजुनसहित न्युयोर्कस्थित च्याम्पियन मार्सल आर्ट्सबाट चार खेलाडीले सहभागिता जनाएका थिए । १०–११ वर्ष उमेर समूहको एडभान्स कुमुतेमा याङतेन लामा तथा बिगिनर्स कुमुतेमा डेछेन शेर्पाले सहभागिता जनाएका थिए ।
टोलीको प्रशिक्षकमा बङ्गलादेशको ढाकामा भएको ११ औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुनिल लामा र पुष्प थापा मगर रहेका छन् ।