बाँकेमा सोमबार मृत्यु भएकी महिलामा कोरोना पुष्टि

  असार ०३, २०७७

नेपालगन्ज, असार ३ : नेपालगन्ज शिक्षण अस्पताल, कोहलपुरमा मृत्यु भएकी महिलामा कोरोना सङ्क्रमण देखिएको छ । गत जेठ ३० गते अस्पताल भर्ना भएकी बाँकेको बैजनाथ गाँउपालिका ६ कि ४६ वर्षीया महिलाको सोमबार बेलुका मृत्यु भएको थियो ।

दायाँ फोक्सामा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलाको सोही दिन स्वाब सङ्कलन गरिएको थियो । कोरोना परीक्षणको रिपोर्ट आउनुभन्दा एक दिनपहिले नै ती महिलाको ज्यान गएको हो । मङ्गलबार आएको रिपोर्टमा ती महिलामा कोरोना सङ्क्रमण देखिएको अस्पतालका एक उच्च अधिकारीले जनाएका छन् ।

ती महिलाको आइसियुमा राखेर उपचार गरिएकोले आइसियुलाई सिल गरिएको छ भने महिलाको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालयका काेराेना फाेकल पर्सन नरेश श्रेष्ठले बताउनुभयाे । तर अस्पतालले भने यसबारे कुनै औपचारिक जानकारी गराएकाे छैन ।

बैजनाथकी महिलाको मृत्युुसँगै बाँकेमा काेराेनाबाट मर्नेको सङ्ख्या दुई पुगेकाे छ । यसअघि जिल्लाकाे नरैनापुरमा भारतकाे मुम्बईबाट आएका एक युवककाे क्वारेन्टाइनमा मृत्यु भएको थियोे । झाडा पखाला लागेर नरैनापुर नयाँबस्तीका ती युवकको मृत्युपछि परीक्षण गर्दा काेराेना पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया