काठमाडौँ, १४ जेठ : बक्सिङको दोस्रो ओलम्पिक छनौट प्रतियोगितामा नेपालकी अन्जनी तेलीले हङकङी विनी औ यिन यिनसँग प्रतिस्पर्धा गर्ने भएकी छिन् । महिला ५४ केजीको राउन्ड अफ ३२ मा अन्जनी तेलीले विनीसँग भोलि प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासङ्घका महासचिव मानबहादुर भण्डारीले जानकारी दिनुभयो ।
थाइल्यान्डको बैङ्ककमा भइरहेको उक्त प्रतियोगितामा नेपालबाट तीन खेलाडी सहभागी छन् । दुई खेलाडीको चुनौती समाप्त भइसकेको छ । पुरुष ५१ केजीमा नेपालका चन्द्र थापा मगर कोलम्बियाका हर्नी मार्टिनेज तथा पुरुष ६३.५ केजीमा नेपालका प्रकाश इजाम लिम्बू बोलिभियाका मारिया जोस नुनेजसँग पराजित भएका थिए ।