पुनरागमन खेलमा बार्सिलोनाको मर्लोकामाथि ४–० को सहज जित

  जेठ ३२, २०७७

काठमाडौं, जेठ ३२ : स्पेनिस ला लिगाको पुनगरामन खेलमा बार्सिलोनाले मर्लोकामाथि सहज जित हात पारेको छ । कोरोना महामारीको जोखिमका बीच करीब तीन महिनासम्म ठप्प भएको ला लिगाको पुनरागमनमा बार्सिलोनाले आफ्नो पहिलो खेलमा मर्लोकामाथि ४–० को जित हात पारेको हो ।

खेलको पहिलो हाफमा २–० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा गोल अन्तरलाई दोब्बर पार्यो । अर्तुरो विडालले खेलको दोस्रो मिनेटमै हेडरलाई गोलमा परिणत गर्दा बार्सिलोनाले प्रारम्भिक अग्रता बनाएको थियो । मार्टिन ब्रैथवेटले ३७ औं मिनेटमा गोल थप्दा बार्सिलोना पहिलो हाफ २–० को अग्रतामा टुंग्यायो ।

लुइस सौरेज जनवरी महिनापछि पहिलो पटक मैदानमा उत्रिदा जोर्डी अल्बाले ७९ औं मिनेटमा गोल थप्नुभयो । मेस्सीले ला लिगा सिजनको चौथो गोल गर्नुभयो । अतिरिक्त समयमा उहाँले गोल थप्दा बार्सिलोनाले मर्लोकामाथि ४–० को सहज जित हात पार्यो ।

जितसँगै बार्सिलोना ला लिगा अङ्कतालिकामा दोस्रो स्थानको रियल मड्रिडभन्दा पाँच अङ्कको स्पष्ट अग्रता बनाएको छ । रियलले आइतबार एबरसँग स्पर्धा गर्दैछ । कोरोना महामारीले खेलकुद गतिबिधि ठप्प हुँदा लुइस सौरेजले उक्त अवधिमा घुँडाको शल्यक्रिया समेत गराउनुभएको छ ।

तपाईको प्रतिक्रिया