सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो

  बैशाख ०२, २०८१

काठमाडौं, २ वैशाख : स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुन प्रतितोला रु. दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार आठ सय कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला रु. दुई हजार दुई सयले घटेर रु. एक लाख ३६ हजार एक सय ५० कायम भएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु. ५० ले घटेर रु. एक हजार सात सय कायम भएको छ । (रासस)

तपाईको प्रतिक्रिया