काठमाडौँ, २८ चैत : फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन बुधबार सद्भाव आचार्य, ईदान्त सिंह साउद र अवानी राईले आआफ्नो उमेर समूहमा शीर्षस्थान ओगट्नु भएको छ ।
नेपाल गल्फ सङ्घले आयोजनाको च्याम्पियनसिपमा पुरुष १७ देखि २१ वर्ष उमेर समूहमा सद्भावले पाँच अन्डर ६३ खेल्नुभयो । उहाँ दोस्रो स्थानमा रहनुभएका संसार विकेभन्दा १३ स्ट्रोकले अगाडि हुनुहुन्छ । संसारको आठ ओभर ७६ स्कोर छ ।
पुरुषको १२ देखि १६ वर्ष उमेर समूहमा ईदान्त सिंह साउदले १६ ओभर ८४ खेल्नुभएको छ । दोस्रो स्थानमा रहन सफल सिद्धान्त सापकोटाको १८ ओभर ८६ स्कोर छ । महिला खुलातर्फ अवानी राई २० ओभर ८८ स्कोरसहित शीर्षस्थानमा हुनुहुन्छ । उहाँले दोस्रो स्थानकी आइन्स्टिना टण्डनलाई पाँच स्ट्रोकले पछि पार्नुभएको छ ।
रोयल नेपाल गल्फ क्लबमा सञ्चालित ५४ होलको तीन दिने प्रतियोगितामा पुरुषतर्फ २७ र महिलामा चार गरी ३१ खेलाडीले पुरुषतर्फ २७ र ४ महिला गरी कुल ३१ खेलाडीको सहभागिता रहेको छ। तीन विधाका विजेताले भियतनाममा हुने फाल्डो सिरिज एसिया फाइनल खेल्न पाउनेछन् ।